site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
रास्वपाका नेता पुकार बम पनि गिरफ्तार
पुकार बम । फाइल तस्बिर ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केही नेता–कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ । मंगलबार काठमाडौंको बालुवाटारमा विरोध प्रदर्शनका क्रममा उनीहरूलाई गिरफ्तार गरिएको रास्वपाका कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।

पछिल्लोपटक पुकार बमलगायत नेता–कार्यकर्तालाई गिरफ्तार गरिएको छ । उक्त पार्टीका मकवानपुरको बकैया गाउँपालिकाका सभापति अमर दंगाल, हेटौँडा उपमहानगर सभापति ध्रुवबहादर विष्ट, मकवानपुरका क्षेत्रीय सभापति सुरेश थापालगायत नेता–कार्यकर्तालाई गिरफ्तार गरिएको उनले बताए ।

उनका अनुसार, प्रहरीले यसअघि रास्वपाका सांसद अशोककुमार चौधरीसहित १७ नेता–कार्यकर्तालाई गिरफ्तार गरेको थियो ।

पार्टी सभापति रवि लामिछाने सहकारी संस्थाको बचत रकम अपचलन प्रकरणमा पक्राउ परेपछि रास्वपा आन्दोलित भएको हो । रास्वपाले भने यसलाई राजनीतिक प्रतिशोध, अन्याय, व्यथिति र भ्रष्टाचारविरुद्धको विरोध प्रदर्शन भनेको छ । लामिछाने हाल जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन् ।

प्रकाशित मिति: मंगलबार, कात्तिक १३, २०८१  १२:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro