site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
सुनको मूल्यले फेरि बनायो नयाँ रेकर्ड

काठमाडौं । नेपाली बजारमा सुन हालसम्मकै उच्च मूल्यमा कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला एक हजार ५०० बढेर एक लाख ६८ हजार ५०० रुपैयाँमा कारोबार भएको हो । यो मूल्य हालसम्मकै उच्च हो ।

सोमबार एक लाख ६७ हजार रुपैयाँमा कारोबार भएको थियो । यो उच्च मूल्यलाई आज तोडेर छापावाल सुनको मूल्यले नयाँ रेकर्ड बनाएको हो ।  

आज चाँदी प्रतितोला दुई हजार १०५ रुपैयाँमा कारोबार भइरहेको छ । सोमबारको तुलनामा यसदिन चाँदी प्रतितोला ४० रुपैयाँले बढेको हो । सोमबार चाँदी प्रतितोला दुई हजार ६५ रुपैयाँमा कारोबार भएको थियो । 

प्रकाशित मिति: मंगलबार, कात्तिक १३, २०८१  ११:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro