site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
शेख हसिनाको दरबारलाई 'क्रान्ति सङ्ग्रहालय' बनाइने

काठमाडौं । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाको भव्य दरबारलाई सङ्ग्रहालयमा परिणत गरिने भएको छ । सोमबार अन्तरिम सरकार प्रमुख मोहम्मद युनुसले हसिनालाई सत्ताच्युत गर्ने क्रान्तिको सम्मानमा उनको दरबारलाई सङ्ग्रहालय बनाउन लागिएको बताएका हुन् ।

“यो सङ्ग्रहालयले हसिनाको कुशासन र जनताले उनलाई सत्ताबाट हटाउँदाको क्रोधको स्मृतिलाई संरक्षण गर्नुपर्छ,” नोबेल शान्ति पुरस्कार विजेता युनुसले प्रधानमन्त्रीको पूर्वसरकारी निवास गणभवन दरबारको भ्रमण गर्दै भने ।

युनुसला२ विद्यार्थी नेतृत्वको विद्रोहपछि बंगलादेश सरकारको ‘मुख्य सल्लाहकार’मा नियुक्त गरिएको थियो ।

युनुसको कार्यालयका प्रेस अधिकारी अपूर्व जहाँगीरले डिसेम्बरसम्ममा सङ्ग्रहालय निर्माण सुरु हुने बताए । “सङ्ग्रहालयको निर्माण अहिलेसम्म सुरु भएको छैन, तर चाँडै सुरु हुनेछ,” उनले भने ।

बंगलादेश छोडेपछि हसिना सार्वजनिकरूपमा देखिएकी छैनन् ।

प्रकाशित मिति: सोमबार, कात्तिक १२, २०८१  २०:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro