site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
इरानमा ‘आतंकवादी’ आक्रमण, १० प्रहरीको मृत्यु

तेहरान । लामो समयदेखि अशान्तिले ग्रस्त दक्षिणपूर्वी इरानको एउटा क्षेत्रमा गरिएको ‘आतंकवादी’ आक्रमणमा कम्तीमा १० प्रहरी अधिकारीको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले शनिबार जानकारी दिएका छन् ।

राजधानी तेहरानबाट करिब एक हजार २०० किलोमिटर (७४५ माइल) दक्षिणपूर्वमा सिस्तान–बलुचिस्तान प्रान्तमा गरिएको उक्त आक्रमणको तत्काल कुनै समूहले जिम्मेवारी लिएको छैन ।

सिस्तान–बलुचिस्तान प्रान्त पाकिस्तान र अफगानिस्तानको सिमानामा पर्छ । यो इस्लामिक गणतन्त्रको सबैभन्दा गरिब प्रान्तमध्ये एक हो ।

यो प्रान्तमा इरानी सुरक्षा बल र बलुच अल्पसंख्यक विद्रोही, कट्टरपन्थी सुन्नी समूह र लागुऔषध तस्करबीच बारम्बार झडपहरू भइरहेका छन् ।

शनिबारको आक्रमण पछिल्ला महिनाहरूमा यो क्षेत्रमा गरिएको सबैभन्दा घातक हमलामध्ये एक थियो । अक्टोबरको सुरुमा दुई छुट्टाछुट्टै आक्रमणमा प्रान्तमा प्रहरी अधिकारीसहित कम्तीमा ६ जनाको मृत्यु भएको थियो ।

पाकिस्तानी सुन्नी जिहादी समूह जैश अल–अदल – आर्मी अफ जस्टिस इन अरेबिकले टेलिग्राममा सन्देश पठाउँदै दुई आक्रमणको जिम्मेवारी लिएको छ ।

सन् २०१२ मा बलुच पृथकतावादीले गठन गरेको समूहलाई इरान र संयुक्त राज्य अमेरिका दुवैले आतंकवादी संगठन मान्छन् ।

मेहर एजेन्सीका अनुसार, जनवरीको मध्यमा इरानबाट पाकिस्तानमा आक्रमण गरिएको थियो । उक्त आक्रमणमा जैश अल–अदलको मुख्यालयलाई निसाना बनाइएको थियो । रासस/एएफपी

प्रकाशित मिति: शनिबार, कात्तिक १०, २०८१  २०:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro