site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
संखुवासभामा हत्या आरोपमा महिला पक्राउ
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । संखुवासभामा हत्या आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । चिचिला गाउँपालिका–४, मत्स्यपोखरीकी ३५ वर्षीया दुर्गामाया गुरुङलाई नियन्त्रणमा लिइएको हो ।

सोही ठाउँका ४५ वर्षीय भीमबहादुर गुरुङको हत्या गरेको उनीमाथि आरोप छ । शनिबार दिउँसो उनलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

दुर्गाले खुकुरी प्रहार गर्दा घटनास्थलमै भीमबहादुरको मृत्यु भएको भन्ने सूचनापछि प्रहरी टोली खटिएको थियो । घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: शनिबार, कात्तिक १०, २०८१  १९:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro