site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
इजरायलमाथि थप आक्रमण नगर्न इरानलाई अमेरिकाको आग्रह

वासिङटन । संयुक्त राज्य अमेरिकाले हिंसाको चक्र अन्त्य गर्न शनिबार इजरायलले गरेको क्षेप्यास्त्र आक्रमणको बदलामा थप हमला नगर्न इरानलाई आग्रह गरेको छ ।

“हामी इरानलाई इजरायलमाथि आक्रमण नगर्न आग्रह गर्दछौँ, ताकि द्वन्द्वको यो चक्र थप वृद्धि नगरी अन्त्य गर्न सकियोस्,” अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता सीन साभेटले पत्रकारहरूसँग भने ।

इजरायली सेनाले शनिबार इरानका सैन्य आधार र मिसाइल उत्पादन केन्द्रलगायत अरू क्षेत्रमा आक्रमण गरेको छ ।

“उनीहरूको प्रतिक्रिया आत्मरक्षाको अभ्यास थियो र इजरायलले जनसंख्या भएका क्षेत्रहरूलाई असर नगर्ने गरी केवल सैन्य लक्ष्यहरू केन्द्रित आक्रमण गरेको थियो,” उनले भने ।

इजरायलले इरानमा गरेको अक्रमणमा संयुक्त राज्य अमेरिकाको कुनै संलग्नता नरहेकामा उनले जोड दिए । साभेटले भने, “मध्यपूर्व क्षेत्रमा तनाव कम गर्नु हाम्रो उद्देश्य हो ।” रासस/एएफपी

प्रकाशित मिति: शनिबार, कात्तिक १०, २०८१  १६:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro