site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
विश्वविद्यालय केही व्यक्तिहरूबाट असुरक्षित छ, सरकारले हस्तक्षेप गर्नुपर्छ : मन्त्री भट्टराई

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले विश्वविद्यालय केही व्यक्तिहरूका कारण असुरक्षित रहेको भन्दै त्यस्तो अवस्थाको अन्त्य गर्न आवश्यक पर्दा सरकारले हस्तक्षेप गर्नुपर्ने बताएकी छन् ।

बिहीबार सरकार गठनको सय दिनको अवसरमा मन्त्रालयबाट भएको प्रमुख उपलब्धिहरूको सार्वजनिक गर्न आयोजित पत्रकार भेटघाटमा बोल्दै मन्त्री भट्टराईले यस्तो बताएकी हुन् ।

"विश्वविद्यालय राजनीतिक दल र विद्यार्थी युनियनहरूभन्दा बाहेकको एउटा समूहबाट असुरक्षित छ । सो समूह विश्वविद्यालयमा निरन्तर बस्ने र प्राध्यापकहरूलाई धम्क्याउने गरेका छन् । त्यसको अन्त्यका लागि सरकारले हस्तक्षेप गर्नुपर्छ," उनले भनिन् ।

उनले विभिन्न विश्वविद्यालयहरू भएको तालाबन्दी अन्त्यका लागि सरकारले उच्च स्तरीय आयोग बनाउन लागेको जानकारी दिइन् । आयोगले अध्ययन सकेपछि विश्वविद्यालयमा हुने हस्तक्षेपलाई रोक्न मापदण्ड बनाइने र सोही अनुरुप विश्वविद्यालयलाई निर्देश गर्ने बताइन् ।

प्रकाशित मिति: बिहीबार, कात्तिक ८, २०८१  २०:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro