site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
फाइनान्स र व्यापारबाहेक सबै समूहको परिसूचक घट्यो, कारोबार रकममा वृद्धि

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक २०.४१ अंकले घटेर बन्द भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार, आज नेप्से परिसूचक ०.७६ प्रतिशत घटेर २,६४५.३९ विन्दुमा बन्द भएको छ ।

नेप्से घटे पनि कारोबार रकममा वृद्धि भएको छ । आज ६ अर्ब २७ करोड ८९ लाख रुपैयाँको सेयर कारोबार भएको छ । मंगलबार चार अर्ब १७ करोड १६ लाख रुपैयाँको सेयर कारोबार भएको थियो ।

आज कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये फाइनान्स र व्यापार समूहको परिसूचक वृद्धि भएको छ । बाँकी सबै समूहको परिसूचक घटेको छ । फाइनान्स समूहको परिसूचक २.३२ प्रतिशतले वृद्धि भएको छ भने व्यापार समूहको परिसूचक ०.२५ प्रतिशतले बढेको छ ।

आज ७६ कम्पनीको सेयर मूल्य बढेको छ भने १५५ कम्पनीको सेयर मूल्य घटेको छ । १३ कम्पनीको सेयर मूल्य भने स्थिर छ ।

प्रकाशित मिति: बुधबार, कात्तिक ७, २०८१  १५:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro