site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
सतर्कता केन्द्रले सेवाप्रवाहको अनुगमन गर्ने, प्रतिवेदन प्रधानमन्त्री कार्यालयलाई बुझाउने 

काठमाडौं । राष्ट्रिय सतर्कता केन्द्रले हेलो सरकारमा परेका उजुरी अध्ययन गरी संवेदनशील कार्यालयहरूमा हुनसक्ने भ्रष्टाचारजन्य कार्यको निगरानी गर्ने भएको छ ।
 
मुख्य सचिव एकनारायण अर्यालको अध्यक्षतामा सोमबार बसेको बैठकले सतर्कता केन्द्रलाई उक्त कार्य गराउने निर्णय गरेको हो । “साथै, सबै निकाय/कार्यालयहरूमा कर्मचारीको उपस्थिति र अनुशासन एवं सेवाप्रवाहको अनुगमन गरी सोको प्रतिवेदन मासिक रूपमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उपलब्ध गराउनेछ,” बैठकको निर्णयमा भनिएको छ ।
 
हेलो सरकारमा दैनिक सयौंको संख्याम सार्वजनिक सेवालाई लिएर उजुर पर्ने गर्छन् । अबदेखि यस्ता उजुरीको अध्ययन सतर्कता केन्द्रलाई पनि गर्न दिइनेछ । 

प्रकाशित मिति: बुधबार, कात्तिक ७, २०८१  ११:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro