site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
जुवातास खेलिरहेको अवस्थामा फरकफरक ठाउँबाट ३९ जना पक्राउ

काठमाडौं । प्रहरीले देशका विभिन्न स्थानमा जुवातास खेलिरहेको अवस्थामा ३९ जनालाई पक्राउ गरेको छ ।

काठमाडौंको टोखा नगरपालिका–३ धनेश्वर डेरा गरी बस्ने नुवाकोट म्यागङ गाउँपालिका–९ घर भएकी ४४ वर्षीया फूलमाया तामाङको कोठामा जुवातास खेलिरहेको अवस्थामा फूलमायासहित नौ जनालाई सोमबार साँझ पक्राउ गरिएको हो । प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७० हजार रुपैयाँ र चार बुक ताससहित पक्राउ गरेको हो ।

यस्तै, दाङको घोराही उपमहानगरपालिका–१५ उषाटोल बस्ने ६० वर्षीय शरद लामिछानेको घरमा जुवातास खेलिरहेको अवस्थामा लामिछानेसहित १० जनालाई सोमबार दिउँसो पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७० हजार ६६० रुपैयाँ र चार बुक ताससहित पक्राउ गरेको हो ।

यसैगरी, बाँकेको राप्तिसोनारी गाउँपालिका–६ लक्ष्मिराजपुरबाट जुवातास खेलिरहेको अवस्थामा नेपालगन्ज उपमहानगरपालिका–६ बस्ने ४१ वर्षीय मेघनाथ कुचबन्दियासहित २० जनालाई मंगलबार बिहान पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले उनीहरूलाई नगद तीन लाख ९१ हजार रुपैयाँ र १४ बुक ताससहित पक्राउ गरेको हो । 

प्रकाशित मिति: मंगलबार, कात्तिक ६, २०८१  १३:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro