site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
मनाङमा लेक लागेर पर्यटकको मृत्यु

मनाङ । मनाङको ङिस्याङ गाउँपालिकामा लेक लागेर एक पर्यटकको मृत्यु भएको छ । ङिस्याङ–३ याकखर्कमा टेन्टमा बसिरहेका स्विजरल्यान्डका नागरिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

चुलु फरेष्ट जाने क्रममा टेन्टमा बसेका स्विजरल्यान्डका नागरिक राहदानी नं. एस ०८८५१८७ भएका करिब ६३ वर्षीय मार्कुस सेसलरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजेन्द्रबहादुर केसीले जानकारी दिए । 

राति सकुशल सुतेका उनी बिहान नउठेपछि लेक लागेर मृत्यु भएको अनुमान गरिएको उनले बताए ।  

“लेक लागेर मृत्यु भएको छ भन्ने खबर आज बिहान सुरक्षामा खटिएका गार्ड कर्मा शेर्पामार्फत प्राप्त भएको हो”, प्रहरी निरीक्षक केसीले भने, “सूचना प्राप्त भएलगत्तै घटनास्थलमा पुगेर उद्धार गरी हेलिकोप्टरमार्फत काठमाडौं पठाउने तयारी भइरहेको छ ।”

उनले दश विदेशी र २३ नेपाली नागरिकको उद्धार गरिएको जानकारी दिए । रासस

प्रकाशित मिति: आइतबार, कात्तिक ४, २०८१  १३:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro