site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
पोखराको सहिद चोकमा प्रहरी र रास्वपा कार्यकर्ताबीच मुठभेडको अवस्था

काठमाडौं । कास्की जिल्लाका विभिन्न क्षेत्रमा निषेधाज्ञा जारी गरेसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा)का कार्यकर्ता र प्रहरीबीच मुठभेटको अवस्था सिर्जना भएको छ ।

प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले सूचना जारी गर्दै पोखरा महानगरपालिकाको चार किल्लाभित्रको क्षेत्रमा लागु हुनेगरी स्थानीय प्रशासन ऐन, २०२८ (संशोधनसहित)को दफा ६ को उपदफा (३ क) बमोजिम निषेधाज्ञा जारी गरिएको गरेका थिए ।

निषेधाज्ञा जारी गरिएको क्षेत्रमा पाँचजनाभन्दा बढी व्यक्ति भेला हुन पाइने छैन । प्रहरीले पोखराको सहिद चोकबाट रास्वपा कार्यकर्ता हटाउन खोजेपछि मुठभेटको अवस्था आएको हो । 

शुक्रबार रास्वपा पार्टी सभापति रवि लामिछाने पक्राउ परेसँगै रास्वस्पाले पोखरामा विरोध जारी रोखेको छ । 
 

प्रकाशित मिति: आइतबार, कात्तिक ४, २०८१  १२:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro