site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
सातदोबाटोमा गुडिरहेको बसमा आगलागी

काठमाडौं । ललितपुरस्थित सातदोबाटोमा गुडिरहेको बसमा आगलागी भएको छ । तर, कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ । शनिबार अपराह्नतिर महानगर यातायातको बा ४ ख १०६ नम्बरको बसमा आगलागी भएको हो ।

सातदोबाटोबाट ग्वार्कोतर्फ जाँदै गरेको बसमा अचानक तार ‘सर्ट’ भएर आगलागी भएको हुन सक्ने जिल्ला प्रहरी कार्यालय ललितपुरका सूचना अधिकारी तथा प्रहरी उपरीक्षक रवरत्न पौडेलले जानकारी दिए ।

बसमा आगलागी  भएको खबर प्राप्त हुनासाथ प्रहरी टोली र ललितपुर महानगरपालिकाका दुईवटा दमकल प्रयोग गरेर आगो निभाइएको थियो । आगलागीबाट बस पूर्णरूपमा क्षतिग्रस्त भएको छ । 

आगलागीबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: शनिबार, कात्तिक ३, २०८१  १८:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro