site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
इजरायली हवाई आक्रमणमा कम्तीमा ३३ प्यालेस्टाइनीको मृत्यु
फाइल तस्बिर ।

गाजा । उत्तरी गाजापट्टीको जबलिया शिविरमा शुक्रबार साँझ इजरायली हवाई आक्रमणमा कम्तीमा ३३ प्यालेस्टाइनीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा २१ महिला समेत रहेका छन् । बम विस्फोटमा ८५ जनाभन्दा बढी घाइते भएको र केहीलाई गम्भीर चोट लागेको सञ्चारमाध्यमले जनाएको छ ।

इजरायली सेनाले जबलिया शिविरका धेरै घरहरूमा बमबारी गरेको बताइएको छ ।
इजरायली सेनाले यस घटनाबारे हालसम्म कुनै प्रतिक्रिया दिएको छैन् ।

सन् २०२३ अक्टोबर ७ इजरायलले दक्षिणी इजरायली सीमाबाट हमासको घुसपैठको बदला लिन गाजापट्टीमा हमासविरुद्ध ठूलो आक्रमण सुरु गर्यो जसमा करिब एक हजार दुई सय मानिसहरू मारिए र करिब २५० बन्धक बनाइयो ।

गाजापट्टीमा जारी इजरायली हमलाबाट मृत्यु हुने प्यालेस्टिनीको संख्या ४२ हजार ५०० पुगेका छन् । रासस/सिन्ह्वा

 

प्रकाशित मिति: शनिबार, कात्तिक ३, २०८१  १२:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro