site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
रविविरुद्ध सहकारी ठगीसँगै संगठित अपराधमा पनि अनुसन्धान गरिने !
फाइल तस्बिर ।

काठमाडौं । प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेमाथि संगठित अपराध र सहकारी ठगीमा अनुसन्धान गर्न अनुमति पाएको छ ।

जिल्ला प्रहरी कास्कीले कृष्णबहादुर जैसीसमेतको जाहेरीमा दुईवटा कसुरमा अनुसन्धानका लागि पक्राउ गर्न अनुमति मागेको थियो । जिल्ला अदालत कास्कीका न्यायाधीश कृष्णजंग शाहको इजलासले शुक्रबार दुवै कसुरमा रविलाई पक्राउ गर्न अनुमति दिएको हो ।

पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अनधिकृतरूपमा गोर्खा मिडियामा लगानी गरेर अपचलन गरेको कसुरमा रविविरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।

काठमाडौंको वनस्थलीस्थित रास्वपाको केन्द्रीय कार्यालयमा रहेका रविलाई आजै पक्राउ गरेर स्थलमार्गबाट पोखरा लगिने छ ।

Rabi-1729255483.png
 

प्रकाशित मिति: शुक्रबार, कात्तिक २, २०८१  १८:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro