site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
वनस्थली क्षेत्रमा रास्वपाको कार्यालय नजिकै ठूलो संख्यामा खटाइयो प्रहरी
फाइल तस्बिर ।

काठमाडौं । प्रहरीले वनस्थलीस्थित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पार्टी कार्यालय नजिकै ठूलो संख्यामा प्रहरी परिचालन गरेको छ ।

रास्वपाका सभापती एवं तत्कालीन गृहमन्त्री रवि लामिछानेलाई पक्राउ गरेर अनुसन्धान गर्नुपर्ने देखिएपछि जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख एसपी श्यामबाबु ओलिया आफैँ पक्राउ अनुमतिका लागि जिल्ला अदालत कास्की पुगेका छन् । यता लामिछाने भने दिउँसोदेखि नै वनस्थलीस्थित पार्टी कार्यालयमा छन् ।

पोखरा प्रहरीले लामिछानेलाई पक्राउ गर्ने तयारी गरेसँगै काठमाडौंमा पनि सुरक्षा सतर्कता बढाइएको छ । रास्वापाको पार्टी कार्यालय नजिक ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

लामिछानेलाई पक्राउ गर्नुपर्ने अवस्था आए रास्वपाका समर्थकले नाराजुलुस गर्ने देखिएपछि प्रहरी टोली कार्यालय नजिक पुगेको हो । बालाजुसहित काठमाडौंका अन्य वृत्तका डीएसपीको टोली वनस्थली पुगेको छ ।

काठमाडौं प्रहरी स्रोतले सम्भावित दुर्घटनालाई मध्यनजर गर्दै प्रहरी टोली वनस्थली क्षेत्रमा खटाइएको बतायो ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक २, २०८१  १७:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro