site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
नेप्से २७४५ विन्दुमा, कारोबार रकम साढे एक अर्बले बढ्यो

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक साताको अन्तिम कारोबार दिन बिहीबार झिनो अंकले बढेर बन्द भएको छ । आज नेप्से २.४७ अंकले बढेर २७४५.३६ विन्दुमा बन्द भएको छ ।

यसदिन कारोबार रकम डेढ अर्बले बढेको छ । सात अर्ब १९ करोड २७ लाख रुपैयाँको सेयर कारोबार भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ । बुधबार पाँच अर्ब ६६ करोड दुई लाख रुपैयाँको सेयर कारोबार भएको थियो । बुधबारको तुलनामा बिहीबार एक अर्ब ५३ करोड २५ लाख रुपैयाँले बढेको हो ।

आज ८९ कम्पनीको सेयर मूल्य वृद्धि भएको छ भने १४२ कम्पनीको सेयर मूल्य घटेको छ । १३ कम्पनीको सेयर मूल्य स्थिर छ ।

गुडविल फाइनान्सको सेयर मूल्य ७.६३ प्रतिशतले वृद्धि भएको छ । कुमारी बैंकको सर्वाधिक मूल्यको सेयर कारोबार भएको छ । यो बैंकको ३३ करोड १३ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

कारोबारमा आएका १३ समूहमध्ये ६ वटाको परिसूचक घटेको छ भने ६ वटाको बढेको छ । निर्जीवन समूहको परिसूचक भने स्थिर छ । 

प्रकाशित मिति: बिहीबार, कात्तिक १, २०८१  १५:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro