site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
टेस्लाले लोपोन्मुख जनावरको संरक्षणमा योगदान गर्दै

काठमाडौं । टेस्लाले नेपालमा वन्यजन्तु संरक्षणका क्षेत्रमा सामाजिक उत्तरदायित्वअन्तर्गत योगदान गर्ने भएको छ । नेपालका लागि टेस्लाको बिक्रेता अरिती इन्टरनेसनलले राष्ट्र संघको एसडीजी १५ अनुसार आफ्ना ग्राहकलाई चितवनमा लोपोन्मुख वन्यजन्तुको संरक्षणका लागि योगदान गर्नसक्ने विकल्प प्रदान गर्ने भएको हो ।

यसअघि हरेक गाडीको बिक्रीबापत फुड फर लाइफ एन्ड होस्टे हैन्सेसँगको साझेदारीमा खाना तथा शिक्षामा योगदान गर्दै आएकोमा अब वन्यजन्तु संरक्षणमा पनि योगदान गर्ने विकल्प ग्राहकलाई प्रदान गरिएको कम्पनीले जनाएको छ ।

यो पहलले प्राकृतिक एवं वन्यजन्तुका दृष्टिकोणले धनी चिवतनमा बंगाल टाइगर, एक सिंगे गैँडा, एसियन हात्तीलगायत वन्यजन्तुको संरक्षणमा योगदान मिल्ने कम्पनीको विश्वास छ ।

कम्पनीका क्रियटिभ एड्भाइज रोह अदुकियाले यो कदमले सबैका लागि दिगो भविष्य सुरक्षित बनाउनेतर्फ योगदान पुग्ने बताएका छन् । कम्पनीले व्यवसायको विस्तारसँगै वातावरणीय र सामाजिक उत्तरदायित्वलाई पनि निरन्तरता दिने जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, कात्तिक १, २०८१  १३:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro