site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
प्युठानमा कार दुर्घटना, चार भारतीय पर्यटक घाइते

स्वर्गद्वारी (प्युठान) । प्युठानमा कार दुर्घटना हुँदा चार जना भारतीय पर्यटक घाइते भएका छन् । आज दिउँसो धार्मिक तथा पर्यटकीयस्थल स्वर्गद्वारीबाट फर्कने क्रममा स्वर्गद्वारी नगरपालिका–४ भिङ्ग्रीको टाकुरा थुम्कामा कार दुर्घटनामा परेको प्रहरीले जनाएको छ । 

दुर्घटनामा परेको कार भारतीय प्लेट नम्बर यूपी ५६ ए ए ४२२२ रहेको इलाका प्रहरी कार्यालय भिङ्ग्रीका प्रमुख प्रहरी निरीक्षक नवीनकुमार थापा क्षेत्रीले जानकारी दिए । उनका अनुसार कार सडकबाट २० मिटर तल जंगलमा खसेको थियो । 

कारमा चालकसहित पाँच जना सवार थिए । तीमध्ये चार जना घाइते भएको प्रहरी निरीक्षक थापाले बताए ।

घाइते हुनेमा भारतको बढनीनगरको सिद्धार्थनगर बर्गदहदाका ५३ वर्षीय वीरेन्द्र पाण्डेय, ४३ वर्षीय शुभद्रा पाण्डेय, १७ वर्षीया जया पाण्डेय छन् । त्यस्तै, ५५ वर्षीया शिला पाण्डेयको शरीरमा चोट लागेको छ भने चालक वर्ष ४५ का अलिलेखकुमार पाण्डेय सामान्य भएको थापाले जानकारी दिए ।

घाइतेको प्राथमिक स्वास्थ्य केन्द्र भिङ्ग्रीमा उपचार भइरहेको छ । रासस

प्रकाशित मिति: बुधबार, असोज ३०, २०८१  २२:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro