site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
डेंगीका बिरामीले भरियो टेकु अस्पताल, एकसाता आराम गर्नैपर्छ ! (भिडियोसहित)

काठमाडौं । यो वर्षको दसैं अवधिमा काठमाडौं उपत्यका डेंगीमय बन्यो । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडीसीडी)का अनुसार सन् २०२४ जनवरीयता काठमाडौं जिल्लामा सबैभन्दा धेरै डेंगी संक्रमित भएका छन् । जनवरीयता १५ अक्टोबरसम्म काठमाडौंमा तीनहजार १०३ जनामा डेंगी पुष्टि भएको छ । 

जसमध्ये एक हजार ३६ संक्रमित अक्टोबरका १५ दिनमा थपिएका हुन् । दसैं बिदाका पाँचदिनमा मात्रै शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुमा २२६ जना डेंगी संक्रमितको उपचार गरिएकोे तथ्यांक छ । 
पछिल्ला दिनहरुमा टेकु अस्पतालको आकस्मिक कक्षमा आइपुग्नेमध्ये करिब ६० प्रतिशत बिरामीमा डेंगी पुष्टि भइरहेको छ । 

मंगलबार इमर्जेन्सीमा आएका ५३ जनामध्ये २५ जना डेंगीका बिरामी रहेको अस्पतालले जनाएको छ । यीबाहेक डेंगी पुष्टि नभएका तर उस्तै लक्षण देखिएका बिरामीको संख्या पनि बढेको छ ।  असोज दोस्रो साताको बाढीपहिरो र दसैंको चहलपहलले पनि डेंगीको जोखिम थपेको विज्ञहरु बताउँछन् । 

कतिपय डेंगीका बिरामीलाई दुई–तीन दिनमा नै निको भएको महसुस हुने र सक्रिय हुन खोज्दा थप जटिलता निम्तिएको पनि चिकित्सकको अनुभव छ ।  यस्तै पहिले नै दीर्घरोग भएका र डेंगीसँगै निमोनिया, झाडाबान्ताजस्ता समस्या थपिँदा बिरामी सिकिस्त हुने गरेको उपचारमा संलग्न चिकित्सक बताउँछन् । 

जनवरीयता १५ अक्टोबरसम्म १९ हजार ५९९ जनामा डेंगी पुष्टि भइ ९ जनाको मृत्यु भइसकेको छ ।  नेपालमा सन् २०१९ यता बाह्रै महिना नै डेंगी संक्रमण देखिइरहेको छ ।  डेँगी सार्ने एडीस प्रजातीका पोथी लामखुट्टे घाम उदाएको दुई घण्टापछिसम्म र  घाम अस्ताउनुभन्दा २ घण्टाअघि बढी सक्रिय हुन्छन् । 

लामखुट्टेको टोकाइबाट बच्नु नै डेंगीबाट जोगिने मुख्य उपाय भएकाले सजग रहन विज्ञहरुको सुझाव छ ।

प्रकाशित मिति: बुधबार, असोज ३०, २०८१  १७:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro