site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
सेयर बजार ४३ अंकले बढ्यो, पाँच अर्बमाथिको कारोबार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बुधबारको कारोबारमा ४३.२२ अंकले बढेको छ । अघिल्लो कारोबार दिन ३१ अंकले बढेको बजार आज ४३ अंकले बढेको हो ।

यससँगै समग्र बजार परिसूचक २७४२.८८ अंकमा कायम भएको छ । बुधबार २०६ कम्पनीको सेयर मूल्य बढ्दा ३५ कम्पनीको सेयर मूल्य घटेको छ । यसदिन पाँच अर्ब ६६ करोड रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ । अघिल्लो कारोबारका दिन तीन अर्ब ६ करोड रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको थियो ।

विजय लघुवित्त, इस्र्टन हाइड्रो, समता घरेलु लघुवित्त, आत्मनिर्भर लघुवित्त, सगरमाथा जलविद्युत् कम्पनी उच्च कारोबार गर्ने शीर्ष कम्पनीमा परेका छन् ।

सबै उपसूचक समूह हरियो देखिएका छन् । यसदिन व्यापार समूह सबैभन्दा धेरै ३.४४ प्रतिशतले बढेको छ । 

प्रकाशित मिति: बुधबार, असोज ३०, २०८१  १५:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro