site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
बाढीपछिको असरल्ल फोहोर– व्यवस्थापन गर्नै सकेनन् काठमाडौं र ललितपुर महानगरले !

काठमाडौं । १०–१२ असोजमा परेको अविरल झरीले काठमाडौं उपत्यकाका वाग्मती, नख्खु, मनोहरा, धोविखोलालगायतका खोला किनारका सडक र फुटपाथमा माटो, फोहोर थुप्रियो । खोलाले बगाएर ल्याएका प्लास्टिकहरु सडक, फुटपाथ र सडक किनारका रेलिङ्गमा थुप्रिएका छन् । बाढीको दुई हप्ता पुगिसक्दा पनि बाढीले सिर्जित फोहोर व्यवस्थापन हुन सकेको छैन ।  

फोहोर व्यवस्थापनका लागि काठमाडौं र ललितपुर महानगर के गर्दैछन् त ?

fohor-(7)-1729069991.jpg
 

काठमाडौं महानगरले बाढीलगत्तै खोला किनारका सडकमा थुप्रिएको माटो पन्छाएर सडक सुचारु गरेको थियो ।

महानगरको वातावरण विभाग प्रमुख सरिता राईका अनुसार सडक किनार र फुटपाथमा थुप्रिएको फोहोर र माटो हटाउन भनेर महानगरले ८० जना नयाँ सफाईकर्मी थपेको छ । 

उनी भन्छिन्, “भोलिबाट काम गर्नेगरी हामीले ८० जना नयाँ सफाईकर्मी थपेका छौं ।”

fohor-(8)-1729069991.jpg
 

काठमाडौं महानगरले टेकु दोभानदेखि मनोहरा र वाग्मती दोभानसम्म नदीले बगाएर ल्याएको फोहोर सफा गर्ने कामलाई पहिलो प्राथमिकतामा राखेको छ । 

“हाम्रो प्राथमिकता टेकु दोभानदेखि मनोहरा दोभानसम्म बढी छ,” वातावरण विभाग प्रमुख राई भन्छिन्, “त्यस क्षेत्रमा बढी फोहोर जम्मा भएको छ । धोविखोला लगायतका क्षेत्रमा कम फोहोर जम्मा भएको छ ।”

यता ललितपुर महानगरले वाग्मती र नख्खु खोलाको बाढीले ल्याएको फोहोर व्यवस्थापनको काम भर्खर सुरु गरेको जनाएको छ । 

fohor-(3)-1729069990.jpg
 

महानगरका प्रवक्ता राजु महर्जनका अनुसार वाग्मती र नख्खु खोला किनारमा जम्मा भएको माटो, फोहोर र प्लास्टिक सफा गर्नका लागि महानगरले बुधबार एउटा टोली बनाएको छ ।

प्रवक्ता महर्जनले बाह्रखरीसँग भने,  “यो कामका लागि हाम्रो फोहोरमैला व्यवस्थापन विभाग, नगर प्रहरी र महिला समुहहरु परिचालन गरेर काम सुरु गर्ने तय भएको छ ।”

fohor-(4)-1729069990.jpg
 

उनका अनुसार ललितपुर महानगरलाई वाग्मती र नख्खु खोला किनारको सडक र फुटपाथमा जम्मा भएको फोहोर, माटो र प्लास्टिक व्यवस्थापन गर्न १० दिन लाग्नेछ । घर र सरकारी भवनमा छिरेको हिलो निकाल्ने काम भने भइसकेको उनले जानकारी दिए । 

fohor-(6)-1729069990.jpg
यसबाहेक नख्खु खोलाले सडकमा थुपारेको माटो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई दिने निर्णय भएको प्रवक्ता महर्जनले बताए । 

fohor-(6)-1729069990.jpg

fohor-(1)-1729069989.jpg

fohor-(2)-1729069989.jpg

प्रकाशित मिति: बुधबार, असोज ३०, २०८१  १५:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro