site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
बमले उडाउने धम्कीपछि यात्रुलाई क्यानेडियन वायुसेनाको विमानमा सिकागो पठाइयो

काठमाडौं । क्यानडाको इक्लुइट विमानस्थलमा अवतरण गरेको एयर इन्डियाको ‘एआई १२७’ विमानमा रहेका यात्रुलाई सिकागो पठाइएको छ । बमले उडाउने धम्की आएपछि यात्रुलाई अन्य विमानमा राखी सिकागो पठाइएको हो । 

एयर इन्डियाले एक विज्ञप्तिमार्फत आफ्नो विमानमा रहेका यात्रुलाई क्यानडाको इक्लुइट विमानस्थलबाट सिकागो पठाइएको जानकारी दिएको हो ।

“एयर इन्डियाले अक्टोबर १५ मा क्यानडाको इक्लुइटमा अवतरण गरेको उडान ‘एआई १२७’ मा रहेका यात्रुलाई अब सिकागोतर्फ पठाइएको छ भन्न पाउँदा खुसी लागेको छ,” विज्ञप्तिमा भनिएको छ । 

यात्रुहरूलाई क्यानडाको वायुसेनाको विमानमा राखी सिकागो पठाइएको एयर इन्डियाले जनाएको छ । 

अक्टोबर १५ मा एयर इन्डियाले सिकागोतर्फ उडेको एआई १२७ विमानलाई बमले उडाउने धम्की पाएको थियो । त्यसपछि सावधानी अपनाउँदै उडान एआई १२७ का यात्रु र कर्मचारीलाई क्यानडाको इक्लुइट विमानस्थलमा अवतरण गरिएको थियो । 
 

प्रकाशित मिति: बुधबार, असोज ३०, २०८१  १२:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro