site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
क्रिस्चियन बाहुल्यता रहेको गाउँमा इजरायलको आक्रमण, राष्ट्रसंघले भन्यो– छानबिन होस् 

काठमाडौं । संयुक्त राष्ट्रसंघले उत्तरी लेबनानमा इजरायलले गरेको आक्रमणको छानबिन गर्न माग गरेको छ । इजरायलले उत्तरी लेबनानमा गरेको हवाई आक्रमणमा परी २३ जनाले ज्यान गुमाएका थिए । 

राष्ट्रसंघको मानवीय मामिलासम्बन्धी कार्यालयका प्रवक्ता जेरेमी लाँरेन्सले क्रिस्चियन बाहुल्यता रहेको गाउँ एतोमा भएको इजरायली आक्रमणमा मानवीय कानुनको उल्लंघन भएको जनाउँदै गम्भीर चिन्ता व्यक्त गरेका छन् । 

लाँरेन्सका अनुसार इजरायली आक्रमणमा मारिने २३ जनामा १२ महिला र दुई बालबालिका छन् । उद्धारकर्मीले मंगलबारसम्म आक्रमण भएको स्थलबाट शव बाहिर झिकिरहेको उनले जनाएका छन् ।

इजरायली सेना (आईडीएफ)ले हालसम्म उक्त घटनामा सम्बन्धमा आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको छैन । 
 

प्रकाशित मिति: बुधबार, असोज ३०, २०८१  १२:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro