site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
विदेशी विनिमय सञ्चिति पाँच वर्षयताकै उच्च, १७ महिनाको वस्तु आयात धान्ने

काठमाडौं । चालु आर्थिक वर्षको भदौ मसान्तसम्ममा विदेशी विनिमय सञ्चिति पछिल्लो पाँच वर्षयताकै उच्च कायम छ । नेपाल राष्ट्र बैंकका अनुसार भदौ मसान्तसम्म कुल विदेशी विनिमय सञ्चिति अमेरिकी डलरमा १६ अर्ब चार करोड कायम भएको छ । गत असार मसान्तसम्मको तुलनामा विदेशी विनिमय सञ्चिति अमेरिकी डलरमा पाँच प्रतिशतले वृद्धि भएको हो । गएको असार मसान्तसम्म १५ अर्ब २७ करोड अमेरिकी डलर कायम थियो  । 

चालु आर्थिक वर्ष २०८१/०८२ को दुई महिनाको वस्तु आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग १६.८ महिनाको वस्तु आयात गर्न पुग्ने राष्ट्र बैंकले जनाएको छ ।

त्यस्तै, १३.७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने पनि बताइएको छ ।

२०८१ भदौ मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादनसँगको अनुपात ३७.७ प्रतिशत, कुल आयातसँगको अनुपात ११४.४ प्रतिशत र विस्तृत मुद्राप्रदायकसँगको अनुपात ३०.८ प्रतिशत रहेको पनि राष्ट्र बैंकले जनाएको छ ।

२०८१ असार मसान्तमा उक्त अनुपातहरू ३५.८ प्रतिशत, १०८.६ प्रतिशत र २९.३ प्रतिशत थिए ।

विदेशी मुद्रा, त्यसमा भुक्तानी हुने वा प्राप्त हुने सबै किसिमको निक्षेप, कर्जा, मौज्दात, विदेशी धितोपत्र र विदेशी मुद्रामा भुक्तानी हुने वा हुनसक्ने अन्तर्राष्ट्रिय प्रचलनमा रहेका मौद्रिक उपकरणलाई विदेशी विनिमयका रूपमा लिइने राष्ट्र बैंकले जनएको छ ।  

प्रकाशित मिति: मंगलबार, असोज २९, २०८१  १७:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro