site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
थिमिको कुभिण्डे जात्रा सम्पन्न

भक्तपुर । दसैँको अवसरमा मध्यपुर थिमिस्थित बालकुमारीमा मनाइने प्रसिद्ध कुभिण्डे जात्रा सम्पन्न भएको छ । नेपाल भाषामा खाँः भनेर चिनिने यो जात्रा घटस्थापनाका दिन थिमिको लायकूस्थित तलेजु मन्दिरमा जमरा राखेर सुरु भएको थियो ।

एकादशीको दिन आज तीनजना पमा (थकाली), बाजा बजाउने कुस्ले, कपाली, मुकुण्डो लगाएर तरबार बोक्ने र माला बोक्ने कुटु, बिगुल फुक्ने, राजदण्ड समाउने नाइके, राजोपाध्यायसहितको संलग्नतामा जात्रा सम्पन्न भएकोे हो ।

बाजागाजासहित लायकूबाट ल्याइएको कुभिण्डोलाई बालकुमारीअगाडि कर्माचार्यले पूजा गरी थकाली (पमा)ले काटेका थिए । कुभिण्डोको टुक्रा टिपेर लान सक्नेको घरमा सुखशान्ति हुने र त्यसले औषधिको समेत काम गर्ने जनविश्वास रहिआएको छ ।

कुभिण्डे जात्रामा फूलपातीका दिन सिद्धिकाली मन्दिरबाट फूलपाती ल्याई तलेजु दसैँघरमा भित्र्याइन्छ । जात्राअन्तर्गत नवमीका दिन राँगा र बोकाको बलि दिने परम्परा छ ।

नवमीका दिन कोतमा काटिएको राँगोको टाउको र दशमीदेखि पूजा गरेको कुभिण्डोलाई आज एकादशीमा बाजागाजाका साथ बिगुल फुक्दै लायकू दरबारबाट दिगु भैरव परिक्रमा गराई बालकुमारीमा पुगेर जात्रा सम्पन्न गरिएको हो । रासस

प्रकाशित मिति: आइतबार, असोज २७, २०८१  १३:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro