site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
तनहुँ र नवलपुरमा २९ खानेपानी योजना सम्पन्न
प्रतीकात्मक तस्बिर ।

तनहुँ । आर्थिक वर्ष २०८०/८१ मा तनहुँ र नवलपुरमा २९ खानेपानी योजना सम्पन्न गरिएको छ । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय मातहत तनहुँ र नवलपुरमा ती योजना सम्पन्न गरिएको हो ।

गण्डकी प्रदेशअन्तर्गतका तनहुँमा १९, नवलपुरमा ९ र संघीयतर्फका तनहुँमा एक योजना सम्पन्न गरिएको डभिजन कार्यालयकी इन्जिनियर बिनु लोहनीले जानकारी दिइन् ।

प्रदेशका योजनाअन्तर्गत तनहुँमा १५२, नवलपुरमा ६३ गरी २१५ चालु वर्षका क्रमागत योजना हुन् । संघीयतर्फ तनहुँमा ५३, नवलपुरमा २१ रहेका छन् । न्यून बजेट विनियोजित, पानीको मुहान विवादलगायत कारणले अधिकांश योजना सम्पन्न भएका छैनन् ।

आर्थिक वर्ष २०८०/८१ मा गण्डकी प्रदेशको ‘एक घर एक धारा’ अभियानअन्तर्गत १५ हजार ९९४ धारा जडान गरी पानी वितरण भएकोे छ । रासस

प्रकाशित मिति: आइतबार, असोज २७, २०८१  १३:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro