site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
बाढीबाट चन्द्रनहरमा लाखौँको क्षति
फाइल तस्बिर ।

सप्तरी । हालैको बाढीबाट मुलुकको सबैभन्दा पुरानो चन्द्रनहरमा लाखौँको क्षति भएको छ । नहरका विभिन्न भागका बाँध भत्केका छन् ।

चन्द्रनहर सिँचाइ प्रणाली जल उपभोक्त समितिका अध्यक्ष बद्रीनारायण यादवका अनुसार, सप्तरीको तिरहुत गाउँपालिका–४ स्थित डिवनका दुई ठाउँमा नहरको बाँधलार्ई भत्काउँदा क्षति भएको छ । हुलाकी सडकअन्तर्गत पर्ने महादेवा गाउँपालिकास्थित चिम्टीमा पनि नहरको केही भाग भत्केको छ ।

क्षतिका कारण नहर पूर्ण रूपमा बन्द छ । बाढीबाट ५० लाख रुपैयाँभन्दा बढीको क्षति भएको उनले जानकारी दिए ।

लामो समयदेखि लथालिंग रहेको चन्द्रनहरलाई कोसी पम्प चन्द्रनहर डिभिजन कार्यालयले विगत दुई वर्षदेखि पुनर्निर्माण गर्दै थियो । नहर बन्द भएपछि यहाँका किसान चिन्तित भएका छन् ।

नहर मर्मतसम्भार प्रारम्भ गर्न साधनस्रोत जुटिनसकेको अध्यक्ष यादवले बताए । रासस

प्रकाशित मिति: आइतबार, असोज २७, २०८१  १२:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro