site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
पेसागत हतियार प्रदर्शन गर्दै मनाइयो पाँय् न्ह्याकेगु जात्रा

भक्तपुर । विजयादशमीका अवसरमा आइतबार भक्तपुरमा परम्परागत हतियार प्रदर्शन गर्दै पाँय् न्ह्याकेगु जात्रा सम्पन्न भएको छ । मल्लकालभन्दा अगाडि सुरु भएको मानिएको यो जात्रामा आफ्ना विभिन्न पेसा, व्यवसायमा प्रयोग गरिँदै आएका घरेलु एवं परम्परागत हतियारको पूजा गरी प्रदर्शन गर्ने प्रचलन छ ।

पुर्खौँदेखि स्थायी रूपमा बसोबास गर्दै आएका स्थानीय मानन्धरहरूले बर्सेनि मोहनि नखः (बडादसैँ)को विजयदशमीको दिन साँझदेखि सुरु गरी रातिसम्म पाँय् न्ह्याकेगु जात्रा गर्दै आएका मानन्धर समाजका कृष्णकुमार मानन्धरले जानकारी दिए ।

पाँय्लाई ठाउँअनुसार ‘पा’ वा ‘खाँ’ पनि भन्ने गरिएको छ । पाँय् न्ह्याकेगुको अर्थ हतियार सञ्चालन गर्ने भन्ने हुन्छ ।

‘पा’ भनेको बन्चरो, खड्ग वा अरू हतियार हुने भएकाले धेरै ठाउँमा मोहनि नखःको अष्टमी, नवमी, दशमी र एकादशी तिथिमा पायो वा पायाः वा खाँ पिहाँवइगु जात्रा मनाइने गरेको उनले बताए ।

“विजयादशमीको राति मनाइने यस जात्राका क्रममा परम्परागत पेसामा प्रयोग हुने विभिन्न हतियार बोकेर बाजाको तालमा साः (तोरी पेल्ने परम्परागत कारखाना)मा प्रतिस्थापन गरिएका भैरवलाई तीनपल्ट र सोही साः बाहिर रहेको इनारमा तीनपल्ट परिक्रमा गर्ने गरिन्छ,” मानन्धरले भने । रासस
 

प्रकाशित मिति: आइतबार, असोज २७, २०८१  ०९:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro