site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
बन्चरो प्रहार गरी श्रीमतीको हत्या
प्रतीकात्मक तस्बिर ।

कैलाली । कैलालीको चुरे गाउँपालिका–६, ढुंगेनी गाउँका डम्मरबहादुर चुनाराले बन्चरो प्रहार गरी ४७ वर्षीया श्रीमती हीरादेवी चुनाराको हत्या गरेका छन् ।

निजले आफ्नी श्रीमतीको टाउकोमा बन्चरो प्रहार गर्दा हीरादेवीको घटनास्थलमा नै मृत्यु भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ । डम्बरबहादुरलाई इलाका प्रहरी कार्यालय फल्टुडेले पक्राउ गरेको छ ।

गए राति नै धनगढी क्षेत्रबाट बझाङको केदारस्यू गाउँपालिका–२ का २० वर्षीय पारस रावल र धनगढी उपमहानगरपालिका–१४ का १९ वर्षीय आकाश मगरलाई लागुऔषध खैरो हेरोइनसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । रासस

प्रकाशित मिति: शनिबार, असोज २६, २०८१  १९:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro