site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
बाढीले क्षति पुर्‍याएको झोलुंगे पुल मर्मतपछि सञ्चालन

गोरखा । त्रिशूली नदीमा आएको बाढीले क्षति पुर्‍याएको झोलुंगे पुल मर्मत गरेर सञ्चालनमा ल्याइएको छ । गोरखाको सहिद लखन गाउँपालिका–३, सिलिङटार र चितवनको इच्छाकामना गाउँपालिका–४, चरेस जोड्ने त्रिशूली नदीमाथिको झोलुंगे पुल झन्डै दुई सातापछि मर्मत गरेर सञ्चालनमा ल्याइएको हो ।

सहिद लखन गाउँपालिकाका अध्यक्ष रमेश थापामगरका अनुसार, चाडबाडका बेला स्थानीयवासीलाई आउजाउमा समस्या भएपछि गाउँपालिकाले आवश्यक सबै सामग्री खरिद गरेर पुल मर्मत गरिएको छ । “सस्पेन्सन ब्रिज डिभिजन काठमाडौंबाट आएको इन्जिनियरसहितको प्राविधिक टोलीले क्षतिग्रस्त पुल मर्मत गरेको हो,” अध्यक्ष थापामगरले भने ।

स्थानीय समुदाय समेतको सहयोगमा पुलको मर्मत गरिएसँगै नागरिकलाई आउजाउ सहज भएको छ । “बाढीले पुलको लट्ठामा क्षति पुर्‍याएको थियो,” उनले भने, “टाइफर मेसिनको प्रयोग गरेर पुलको लट्ठा तानेर पुलको छेउछाउमा जाली भरेर आवातजावत गर्न मिल्ने गरी पुल सञ्चालन गरिएको छ ।”

कुल १६१ मिटर लम्बाइ रहेको उक्त झोलुंगे पुललाई यही असोज ११ गते त्रिशूली नदीमा आएको बाढीले क्षति पुर्‍याएको थियो । मर्मत गरिएको उक्त पुलमा मोटरसाइकल सञ्चालन नगर्न स्थानीयलाई सचेत गराइएको छ । रासस

प्रकाशित मिति: शुक्रबार, असोज २५, २०८१  १९:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro