site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
इजरायललाई हतियार नदिन अन्तर्राष्ट्रिय समुदायसमक्ष स्पेनी प्रधानमन्त्रीको आग्रह
तस्बिर : एएफपी ।

रोम । स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले शुक्रबार भ्याटिकन पोप फ्रान्सिससँगको बैठकपछि अन्तर्राष्ट्रिय समुदायसमक्ष इजरायललाई हतियार बिक्री रोक्न आह्वान गरेका छन् ।

“मलाई लाग्छ कि मध्यपूर्वमा जे भइरहेको छ त्यसलाई मध्यनजर गर्दा अन्तर्राष्ट्रिय समुदायले इजरायल सरकारलाई हतियार निर्यात बन्द गर्न अत्यावश्यक छ,” उनले पत्रकारहरूसँग भने, “यो एउटा अपिल हो, जुन म सम्पूर्ण अन्तर्राष्ट्रिय समुदायलाई गर्दछु, कुनै न कुनै तरिकाले हिंसाको वृद्धि र युद्ध तथा गाजा, पश्चिम किनार वा यस मामिलामा लेबनानमा यसको विस्तारमा योगदान नगर्नु महत्त्वपूर्ण छ ।”

उनका टिप्पणीले फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोनका भनाइलाई प्रतिविम्बित गर्छ । म्याक्रोनले हतियार डेलिभरी रोक्नुपर्ने बताएका थिए । म्याक्रोनको भनाइले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको आक्रोश बढाएको थियो ।

सन् २०२३ अक्टोबर ७ मा हमासको घातक आक्रमणपछि इजरायली प्रतिक्रियाको युरोपेली संघ (ईयू)का नेताहरूमध्ये सान्चेज सबैभन्दा स्पष्ट आलोचक हुन् ।

उनले बुधबार लेबनानमा इजरायलको सैन्य अभियानलाई ‘आक्रमण’का रूपमा वर्णन गरेका थिए । रासस/एएफपी

प्रकाशित मिति: शुक्रबार, असोज २५, २०८१  १७:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro