site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
बीपी राजमार्गमा पहिरोले बस र टाटा सुमो पुरिए, सडक अवरुद्ध

धुलिखेल । बीपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–११ पिप्लेमा पुनः पहिरो खसेको छ । सडकमाथिबाट सुक्खा पहिरो खसेसँगै वैकल्पिक बाटो पनि अवरुद्ध भएको छ । 

रोशी खोलाको बाढीले उक्त राजमार्गका विभिन्न खण्ड बगाएपछि सडक विभाग र रोशी गाउँपालिकाको सक्रियतामा बिहीबार राति उक्त सडकमा ‘ट्रयाक’ जोडिएपछि सवारी साधन सञ्चालन भएका थिए ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मानबहादुर घलेका अनुसार पहिरोमा सिन्धुली र खोटाङबाट काठमाडौंतर्फ आइरहको बस र टाटा सुमो पुरिएका थिए । यद्यपि, मानवीय क्षति भएको छैन । अवरुद्ध सडक सञ्चालनको प्रयास जारी छ ।

सडक डिभिजन कार्यालयका कर्मचारी चन्द्रबहादुर लामाले अहिले पनि पहिरो झर्ने क्रम नरोकिएकोले तत्काल सडक खुल्ने सम्भावना नरहेको बताए । रासस

प्रकाशित मिति: शुक्रबार, असोज २५, २०८१  १३:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro