site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
वाणिज्य बैंकको १० वर्षअघिको र अहिलेको सेयर मूल्य

काठमाडौं । दश वर्षअघि नेपालको धितोपत्र दोस्रो बजारमा सूचीकृत वाणिज्य बैंकको संख्या २९ थियो । ती बैंकमध्ये कतिपय मर्जरमा गएर अहिले अस्तित्वमा नै छैनन् । अस्तित्वमा भएका धेरै बैंकको सेयर मूल्य पनि दश वर्षअघिकै हाराहारीमा छ । 

विसं. २०७० असोज अन्तिम साताको वाणिज्य बैंकहरूको सेयर मूल्य हेर्दा सबैभन्दा बढी नबिल बैंकको थियो । यो बैंकको सेयर मूल्य दुई हजारभन्दा बढी थियो । यही असोज २३ गते नबिलको सेयर मूल्य ५९३ रुपैयाँ कायम छ । 

एभरेष्ट बैंक सेयर मूल्य पनि १० वर्षअघि १५ सयभन्दा बढी थियो । हाल यो बैंकको सेयर मूल्य ६१३ रुपैयाँ १० पैसा छ । 

अरु बैंकको सेयर मूल्य भने १० वर्षअघिकै हाराहारी छ । तर, बैंकहरूले बोनस सेयर वितरण गरेर र मर्जरमा गएर आफ्नो पुँजी बढाइरहेका छन् । 

आफ्नो पुँजी अनुसार व्यावसाय गर्न नसक्दा पनि वाणिज्य बैंकहरूको सेयर मूल्य बढ्न नसकेको देखिन्छ । पुँजी बढी भएका कारण पनि लगानीकर्ता आकर्षित हुन नसकेका देखिन्छन् । 
table-1728627110.JPG
 

प्रकाशित मिति: शुक्रबार, असोज २५, २०८१  ११:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro