site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
जीवित देवी कुमारीलाई मूलचोकमा राखियो
फाइल तस्बिर ।

काठमाडौं । हनुमानढोकास्थित प्रसिद्ध देवी तलेजु भवानीलाई विधिविधानपूर्वक दरबार परिसरको मूलचोकमा राखिएको छ ।

जीवित देवी कुमारीलाई कालरात्रिका दिन दर्शन गराउन तान्त्रिक विधिबाट विशेष बाजागाजासहित मन्दिरबाट मूलचोकमा राखिएको कुमारीघरका व्यवस्थापक गौतम शाक्यले जानकारी दिए ।

उनका अनुसार, प्रत्येक वर्ष फूलपातीका दिन शुभसाइत पारेर सारिएकी देवीलाई पूजा गरेपछि दशमीका दिन फेरि तलेजु मन्दिरमा लगेर विराजमान गराइने प्रचलन छ । दशमीका दिन मन्दिरमा फर्काएपछि विजयादशमीको टीका सुरु गरिने जनाइएको छ ।

तलेजु भवानी मन्दिर प्रत्येक वर्ष महानवमीका दिन मात्र पूजा–आराधनाका निम्ति खुला गरिन्छ  ।

तलेजुलाई सन् १३२२ मा हरिसिंहदेवले सिम्रौनगढबाट काठमाडौं उपत्यकामा ल्याएको इतिहास छ । रासस
 

प्रकाशित मिति: बिहीबार, असोज २४, २०८१  २१:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro