site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
गोरखामा युवतीको हत्या
प्रतीकात्मक तस्बिर ।

गोरखा । गोरखामा एक युवतीको हत्या गरिएको छ । पालुङटार नगरपालिका–७, च्याङ्लीस्थित घरमा गए राति २८ वर्षीया रश्मी कुमालको हत्या गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं सूचना अधिकारी सरोज कार्कीले जानकारी दिए ।

धारिलो हतियार प्रहारबाट गम्भीर घाइते भएकी उनको उपचारका क्रममा तनहुँको डुम्रेस्थित लक्ष्मी अस्पतालमा बिहीबार मृत्यु भएको हो । कुमाल सुतिरहेको अवस्थामा घरभित्र आक्रमण गरिएको प्रारम्भिक अनुसन्धानका क्रममा पाइएको प्रहरी निरीक्षक कार्कीले बताए ।

कुमालको दाहिने गर्धन, बायाँतर्फको कानको भागमुनि र टाउकोमा धारिलो हतियार प्रहार गरिएको देखिएको छ । हत्या कसले गरेको भन्ने खुल्न नसकेको प्रहरीले जनाएको छ ।

शव परीक्षणपछि अन्त्येष्टिका निम्ति बिहीबारै परिवारको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस

प्रकाशित मिति: बिहीबार, असोज २४, २०८१  १८:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro