site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
पुण्य गौतममाथि आक्रमण गर्ने व्यक्ति नागरिक प्रतिरक्षा बलको संयोजक

काठमाडौं । पुण्य गौतमलाई आक्रमण गर्ने व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा काभ्रे तेमालका ३० वर्षका टासी लामा र रसुवा नवकुण्ड ५ का ४१ वर्षका मिलन भनिने दिलबहादुर गङदान रहेको प्रहरीले जनाएको छ । 

आक्रमणका योजनाकार गङदान रहेको बताइएको छ । प्रहरीका अनुसार उनी नागरिक बचाउ महाअभियान अन्तर्गतको नागरिक प्रतिरक्षा बलको संयोजक रहेको प्रहरीले जानकारी दिएको छ । 

यही २१ गते गौतममाथि काठमाडौंको गोकर्णेश्वरमा आक्रमण भएको थियो । 
 

प्रकाशित मिति: बिहीबार, असोज २४, २०८१  १७:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro