site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
नेपाल उद्योग परिसंघबाट बाढी प्रभावितलाई राहत वितरण

काठमाडौं । नेपाल उद्योग परिसंघले हालै आएको अविरल वर्षापछिको बाढीपहिरो प्रभावितलाई राहत वितरण गरेको छ । परिसंघले ललितपुरको महाँकाल गाउँपालिका वडा नं. ६, ठुलादुर्लुङका सय घर परिवार र गोदावरी नगरपालिका वडा नं. ७ का सय घर परिवारलाई खाद्य सामग्री उपलब्ध गराएको हो ।

नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले बुधबार ललितपुरका प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठमार्फत दुई सय घर परिवारका लागि राहत सामग्री प्रदान गरे । प्रमुख जिल्ला अधिकारी श्रेष्ठले परिसंघले दिएको राहत सामग्री महाकाँल गाउँपालिकाकी उपाध्यक्ष डोल्मामाया गोले र गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर खड्कालाई उपलब्ध गराए ।

प्रमुख जिल्ला अधिकारी श्रेष्ठले ललितपुरका यी विकट क्षेत्रका स्थानीयका लागि राहत सामग्री उपलब्ध गराएकोमा परिसंघलाई धन्यवाद दिए ।

 

प्रकाशित मिति: बुधबार, असोज २३, २०८१  १६:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro