site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
खाद्यमा भन्दा खसीबजारमा सस्ता खसी

काठमाडौं । सरकारले सहुलियत मूल्य भन्दै दसैँलक्षित खसीबोका तथा च्यांग्रा बिक्री गरिरहेको छ । दाङ, नवलपुर र हेटौँडाबाट फरक–फरक मूल्यमा ल्याएर अहिले खाद्य व्यवस्था तथा व्यापार कम्पनीले जिउँदो खसीबोका प्रतिकिलोग्राम (प्रतिकेजी) ६६० रुपैयाँमा बिक्री गरिरहेको छ । कम्पनीले प्रतिकेजी ६७० रुपैयाँमा खसीबोका बिक्री गर्ने निर्णय गरेको भए पनि १० रुपैयाँ उपभोक्तालाई छुट दिइएको छ ।

तर, खाद्यले बेच्ने खसीबोकाको मूल्यभन्दा कलंकी खसीबजारमा बिक्रीमा राखिएका खसीबोका सस्ता छन् । कलंकी खसी बजार सञ्चालन गर्दै आएको नेपाल चौपाया बजार तथा बधशाला व्यवस्थापनले आजका लागि खसीबोकाको न्यूनतम मूल्य प्रतिकिलो ६५० देखि अधिकतम ७२५ रुपैयाँ मूल्य तोकिदिएको छ । 

तर, व्यापारीहरूले आपसी समझदारीमा ६२०/६३० रुपैयाँदेखि नै दिने चौपाया बजार तथा बधशाला व्यवस्थापनका प्रवक्ता जीवनराज खतिवडाले जानकारी दिए ।

“हुन त बजारमा ६२०/६३० का पनि खसीबोका छन् । यस्ता खसीबोकाहरु दुब्लो र पातलो हुन सक्छन्,” उनले बाह्रखरीसित भने, “तर, उपभोक्ताले छानेर राम्रै खसीबोका प्रतिकिजी ६५० रुपैयाँमा पनि पाउन सक्नुहुन्छ । ७२५ रुपैयाँभन्दा बढी चाहिँ व्यापारीले लिन पाउनुहुन्न ।”

च्याँग्राको मूल्य भने न्यूनतम एक हजार २५० देखि १३ सयसम्म तोकिएको छ । च्यांग्रा पनि आपसी समझदारीमा १२ सय रुपैयाँमा नै पाइने खतिवडा बताउँछन् । यो जबारमा जिउँदो भेडा प्रतिकेजी ६५० देखि ७०० रुपैयाँमा पाइने उनले बताए ।  

अघिपछि मूल्यमा दैनिक केही हेरफेर भए पनि आजको मूल्य ४/५ दिनदेखि लागु भइरहेको खतिवडा बताउँछन् ।

भृकुटीमण्डप नजिकै रहेको टुकुचा खसी बजारमा भने लोकल खसीको मूल्य ६७० देखि ७०० रुपैयाँसम्म तोकिएको छ । यो बजारमा तराईको खसीको मूल्य भने प्रतिकेजी ७२० देखि ७५० रुपैयाँसम्म तोकिएको छ ।  

खसी बजारमा छानेर मूल्य पनि फरक हाल्न सकिन्छ भने खाद्यमा भने सबै मूल्यमा खसीबोका पाइन्छ । अहिले बिहान १० बजेसम्म खाद्यले एक हजार १५५ खसीबोकामा ७९० बिक्री गरिसकेको छ । 

२८५ च्यांग्रामा १५३ वटा बिक्री गरिसकेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीकी विभागीय सहायक प्रबन्धक ज्ञानु थापाले बताइन् ।

final-1728456988.jpg
 

प्रकाशित मिति: बुधबार, असोज २३, २०८१  १२:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro