site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
बबईमा डुबेर बालकको मृत्यु
फाइल तस्बिर ।

तुलसीपुर । दाङस्थित बबई नदीमा डुबेर एक बालकको मृत्यु भएको छ । नदीमा पौडी खेल्ने क्रममा मंगलबार दिउँसो करिब २ः४५ बजेतिर डुबेर दाङ दंगीशरण निवासी नरेश खड्काका नौ वर्षीय छोरा पुष्कर खड्काको मृत्यु भएको हो ।

दंगीशरण गाउँपालिका–४, बैबाङस्थित बबई नदीमा पौडी खेल्ने क्रममा दुई बालक डुबेका थिए । डुबेका बालकमध्ये पुष्करको मृत्यु भएको हो भने अर्का एक बालकको भने सकुशल उद्दार गरिएको छ ।

घटनाको जानकारी प्राप्त भएपछि प्रहरी र स्थानीयले उद्धार गरेका थिए । खोजी कार्यपछि करिब ३ः३० बजे डुबेको स्थानबाट करिब १०० मिटर तल नदीको बीच भागमा पुष्करको शव फेला परेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरिक्षक प्रकाश थापाले जानकारी दिए । रासस

 

प्रकाशित मिति: मंगलबार, असोज २२, २०८१  २२:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro