site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
प्रभु समूहद्वारा प्रधानमन्त्रीलाई एक करोड ७५ लाखको चेक हस्तान्तरण

काठमाडौं । प्रभु समूहअन्तर्गतका चार कम्पनीद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुनेगरी एक करोड ७५ लाखको चेक प्रधानमन्त्री केपी शर्मा ओलीलाई हस्तान्तरण गरेका छन् ।

प्रभु बैंक, प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स, प्रभु क्यापिटल र प्रभु इन्स्योरेन्सका तर्फबाट संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त रकम बराबरको चेक हस्तान्तरण गरिएको हो ।  

सोमबार प्रभु समूहका अध्यक्ष देवीप्रकाश भट्टचनले प्रधानमन्त्री ओलीलाई चेक हस्तान्तरण गरेका हुन् ।

यही असोज दोस्रो हप्तामा देशका विभिन्न भू–भागमा परेको अविरल वर्षाका कारण बाढीपहिरो तथा डुबानबाट उत्पन्न विनाशकारी विपद्ले ठूलो जनधनको क्षति पुगेको छ ।

राष्ट्रिय विपद्को यस दुःखद घडीमा पीडित एवम् प्रभावित परीवारका लागि सहायता स्वरुप एवम् नेपाल सरकारलाई पीडितहरूको खोजतलास, उद्धार र राहत कार्यमा सहयोग पुगोस् भन्ने उद्देश्यले प्रभु समूहका यी कम्पनीले राहत स्वरुप सहयोग गरेको बताइएको छ ।

 

प्रकाशित मिति: मंगलबार, असोज २२, २०८१  १६:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro