site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
सिन्धुलीमा देखियो उँट

काठमाडौं । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकामा उँट भेटिएको छ । मंगलबार बिहान हरिहरपुरको भिमानमा उँट भेटिएको हो ।

उँट कहाँबाट आयो भन्नेबारे केही खुलेको छैन । उँट भेटिए पनि कहाँबाट आएको भन्नेबारे केही नखुलेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एवं एसपी गोविन्द काफ्लेले बाह्रखरीसित बताए ।

उँट बस्तीमा देखिएपछि स्थानीय त्रसिद भएका छन् । उँट हेर्नेहरूको पनि उत्तिकै भीड लागेको छ । उँट विशेष गरी मरुभूमिमा पाइने जनावर हो ।

प्रकाशित मिति: मंगलबार, असोज २२, २०८१  १२:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro