site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
अब भिसा तथा मास्टरकार्डको रकम विदेशबाट तुरुन्तै नेपाली बैंक खातामा निःशुल्क पठाउन सकिने

काठमाडौं । अब विदेशबाट भिसा तथा मास्टरकार्डमार्फत रकम सोझै नेपालका कुनै पनि बैंक खातामा जम्मा गर्न सकिने भएको छ । नबिल बैंकसँगको सहकार्यमा हाम्रो पात्रोले सोमबारदेखि यो सेवा सञ्चालनमा ल्याएको हो ।

इजी सेन्ड नाम दिइएको यो फिचर हाम्रो पात्रोको एपमै उपलब्ध गराइएको छ । जसमा गएर कार्ड डिटेल उल्लेख गरी नेपालका कुनै पनि बैंक खातामा तत्कालै जम्मा गर्न सकिने हाम्रो पात्रोले जनाएको छ ।

कम्पनीका अनुसार, कुनै पनि अन्तर्राष्ट्रिय कार्ड (भिसा तथा मास्टरकार्ड)बाट रकम ट्रान्सफर गर्न सकिनेछ । जसमा कुनै पनि शुल्क नलाग्ने बताइएको छ ।

“नेपालमा सुरक्षित रूपमा तत्कालै रकम पठाउन चाहने विदेशमा रहेका मानिसहरूलाई सहज र विश्वसनीय विकल्पको रूपमा इजी सेन्ड डिजाइन गरिएको छ,” हाम्रो पात्रोले भनेको छ, “चाहे तपाईं आफ्ना साथीभाइ वा घरपरिवारका लागि पठाउनुहोस् अथवा कुनै व्यक्तिगत भुक्तानी नै किन नगर्नुहोस्, इजिसेन्डले तपाईंलाई भिसा तथा मास्टर कार्ड प्रयोग गरी नेपालका कुनै पनि बैंक खातामा रकम पठाउने सुविधा दिन्छ ।”

यसरी पठाइएको रकम तुरुन्तै नेपाली बैंक खातामा जम्मा गरिने र रकम पठाउने कार्य सम्पन्न हुनेबित्तिकै प्राप्त रकम प्रयोग गर्न सकिनेछ । भिसा तथा मास्टर कार्डको रकम पठाउने कार्य निकै सहज र थोरै चरणमा सम्पन्न गर्न सकिन्छ । 

कसरी गर्छ काम ? 
यसका लागि सबैभन्दा पहिला तपाईंले इजी सेन्ड अकाउन्ट खोल्नुपर्ने हुन्छ । जसका निम्ति सुरक्षित प्रोफाइल बनाउन केही आधारभूत व्यक्तिगत विवरण उपलब्ध गराउनुपर्छ ।

यति गरिसकेपछि रकम प्राप्त गर्ने व्यक्तिको बैंक खातालगायत विवरण उल्लेख गर्नुपर्ने हुन्छ । त्यसपछि आफ्नो भिसा तथा मास्टर कार्डको विवरण राखेर रकम पठाउन सकिन्छ । यसरी गरिने सम्पूर्ण भुक्तानी सुरक्षित रूपमा सम्पन्न हुने हाम्रो पात्रोले जनाएको छ ।

उल्लिखित चरण पूरा गर्नेबित्तिकै रकम प्राप्त गर्ने व्यक्तिको खातामा जम्मा हुन्छ । घर बसेर बिनाशुल्क सहजै रकम पठाउन र प्राप्त गर्न सकिने यो सुविधा खासगरी विदेशमा बस्ने नेपालीका निम्ति निकै उपयोगी हुने हाम्रो पात्रोले विश्वास व्यक्त गरेको छ ।

प्रकाशित मिति: मंगलबार, असोज २२, २०८१  १०:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro