site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
दसैँनाच हेरेर फर्कंदै गर्दा हात्तीको आक्रमणबाट युवकको मृत्यु
प्रतीकात्मक तस्बिर ।

कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिका–५ स्थित पुष्पलाल स्मृति सामुदायिक वनमा जंगली हात्तीले आक्रमण गर्दा २२ वर्षीय उमेश चौधरीको मृत्यु भएको छ ।

गए राति नगरपालिकाको मैनाहामा दसैँनाच हेरी से४प ८६१८ नम्बरको मोटरसाइकलमा बेलौरी–६, ढक्काचाँदरस्थित घरतर्फ जाँदै गरेका चौधरीलाई हात्तीले आक्रमण गरेको कुण्डा सबडिभिजन वन कार्यालयका प्रमुख दिनेशकुमार यादवले बताए ।

वन क्षेत्रमा हात्ती कराएको आवाज सुनेपछि उमेशसहित २४ वर्षीय रोशन चौधरी र २२ वर्षीय नवीन चौधरी मोटरसाइकल छाडेर भागेका थिए । मोटरसाइलमा सवार रोशन र नवीन सम्पर्कमा आएका थिए । उमेश सम्पर्कमा नआएपछि खोजतलास गर्दा सामुदायिक वन क्षेत्रमा उनी मृतावस्थामा मंगलबार बिहान फेलापरेको बताइएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार, उमेश मृतावस्थामा फेलापरेको स्थानमा जंगली हात्तीको दिसा रहेको र रुख मडारेको जस्तो देखिएको छ । प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

एक साताअघि मात्र जंगली हात्तीको आक्रमणमा परी लालझाडी गाउँपालिका–४, डाँडाजाइका ५९ वर्षीय रामदल रानाको मृत्यु भएको थियो । रासस

प्रकाशित मिति: मंगलबार, असोज २२, २०८१  १०:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro