site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
उद्धार कोषमा एनएमबि बैंकको ५१ लाख सहयोग

काठमाडौं । एनएमबि बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाख रुपैयाँ सहयोग गरेको छ । उक्त सहयोगले बाढीपहिरोबाट प्रभावित समुदायलाई राहत तथा पुनर्स्थापना गराउन र बिग्रिएका, भत्किएका संरचनाको पुनर्निर्माण गर्न योगदान पुग्ने विश्वास बैंकको छ ।

आइतबार सिंहदरबार पुगेर बैंकका पदाधिकारीले उक्त सहयोग रकमबराबरको चेक प्रधानमन्त्री केपी शर्मा ओलीलाई हस्तान्तरण गरेका हुन् । बाढीपहिरोबाट प्रभावित समुदायलाई अत्यावश्यक राहत र सहायता प्रदान गर्ने उद्देश्यका साथ सहयोग प्रदान गरिएको बैंकले जनाएको छ ।

एनएमबि बैंकले हाल देशभर २०१ शाखा कार्यालय, १८७ एटीएम र ११ एक्सटेन्सन काउन्टरमार्फत सेवा दिँदै आएको छ ।

प्रकाशित मिति: सोमबार, असोज २१, २०८१  ११:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro