site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
रुकुम पश्चिममा आठ किलो अफिमसहित दुईजना पक्राउ
प्रतीकात्मक तस्बिर ।

रुकुम पश्चिम । रुकुम पश्चिममा आठ किलो १०० ग्राम लागुऔषध अफिमसहित दुईजना पक्राउ परेका छन् । आठविसकोट नगरपालिका–२, स्यालाका ३५ वर्षीय अजय यरी र मुसिकोट नगरपालिका–९, बलचौर घर भई सेरिगाउँ बस्दै आएका ३६ वर्षीय भीमबहादुर ओली पक्राउ परेका हुन् ।

गएको शुक्रबार राति उनीहरूलाई सेरिगाउँबाट ज्यामडाँडा जाने पक्की सडकछेउबाट पक्राउ गरिएको थियो । आइतबार रुकुम जिल्ला अदालतबाट पक्राउ पुर्जी स्वीकृत गराई उनीहरूमाथि थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक बखतबहादुर शाहीका अनुसार, दुवैजनाबाट विभिन्न कम्पनीका तीनथान मोबाइल समेत बरामद गरिएको छ । रासस

प्रकाशित मिति: आइतबार, असोज २०, २०८१  २०:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro