site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
नेपाल–भारत मैत्री संघबाट राहत सामग्री हस्तान्तरण

काठमाडौं । नेपाल–भारत मैत्री संघले काभ्रेपलाञ्चोकको पनौती नगरपालिकाका बाढीपीडितका निम्ति राहत सामग्री हस्तान्तरण गरेको छ । भारतीय दूतावासमार्फत प्राप्त राहत सामग्री शुक्रबार (हिजो) उक्त नगरपालिकाका प्रमुख रामशरण भण्डारीलाई हस्तान्तरण गरिएको हो ।

यही असोज १२ र १३ गतेको अविरल वर्षासँगै बाढीपहिरोबाट काभ्रेका पनौती, बेथानचोक गाउँपालिका, रोशी गाउँपालिका, मन्डन देउपुर नगरपालिका, नमोबुद्ध तथा तिमाल गाउँपालिकामा जनधनको ठूलो क्षति भएको थियो ।

नेपाल–भारत मैत्री संघ केन्द्रीय कार्यालयको पहलमा मित्रराष्ट्र भारतबाट प्राप्त राहत सामग्री हस्तान्तण गरिएको जनाइएको छ ।

हस्तान्तरण गरिएको सामग्रीमा न्यानो कम्बल ४५० थान, लामखुट्टेको टोकाइबाट बच्नका निम्ति झुल ५४० थान, औषधि र उपकरण छन् ।
 

प्रकाशित मिति: शनिबार, असोज १९, २०८१  १८:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro