site stats
बाह्रखरी :: Baahrakhari
प्रवास
Global Ime bankGlobal Ime bank
मेक्सिकन सेनाले गोली चलाएको गाडीमा ११ नेपाली, तीनजना घाइते 
तस्बिर : रोयटर्स ।

काठमाडौं । मेक्सिकन सेनाले गोली चलाएको गाडीमा ११ जना नेपाली रहेको पुष्टि भएको छ । अमेरिकास्थित नेपाली दूतावासका अनुसार उक्त गाडीमा सवार ११ मध्ये तीन नेपाली घाइते भएका छन् । 

दूतावासका अनुसार घाइते तीन नेपालीको उपचार भइरहेको छ । उनीहरू सबै मेक्सिकोको अध्यागमन अधिकारीको नियन्त्रणमा छन् । 

“बुधबार भएकाे घटनामा कुनै पनि नेपालीको मृत्यु भएको छैन,” दूतावासले भनेको छ । यसअघि उक्त घटनामा एक नेपालीको गोली लागेर मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूमा समाचार आएका थिए । 

अबैधरूपमा अमेरिका छिर्न खोज्ने आप्रवासीहरू चढेको गाडी मेक्सिको र ग्वाटेमालाको सिमानामा रोक्न आग्रह गर्दा भाग्न खोजेको भन्दै मेक्सिकन सेनाले गोली चलाएको थियो । जुन गाडीमा ११ जना नेपाली सवार थिए । 

दूतावासले मेक्सिकोका सरकारी अधिकारीहरुसँग सम्पर्कमा रहेको उल्लेख गरेको छ । 
 

प्रकाशित मिति: शनिबार, असोज १९, २०८१  १३:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro