site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
‘पडकास्टिङः संक्षिप्त परिचय’ पुस्तक सार्वजनिक 

काठमाडौं । सीएमआर नेपाल जर्नालिजम एकेडेमीले शुक्रबार जर्मन लेखिका ब्रीगीट हेगडर्नले लेखेको पडकास्टिङ विषयको पुस्तक सार्वजनिक गरेको छ ।

एकेडेमीमा आयोजित कार्यक्रममा जर्मन दूतावासका नियोग उपप्रमुख तथा विकास सहयोग प्रमुख बेन्जामिन साइडेल र लेखिका हेगडर्नले पुस्तक सार्वजनिक गरेका हुन् । पुस्तक जर्मनीस्थित इन्टरलिंक एकेडेमीको सहकार्यमा सीएमआर नेपाल जर्नलिजम एकेडेमीले नेपालीमा अनुवाद गरी प्रकाशन गरेको हो ।
 
कार्यक्रममा नियोग उपप्रमुख साइडेलले लोकतन्त्रको विकासका लागि पत्रकारिताको भूमिका महत्वपूर्ण रहेको र त्यसका लागि पत्रकारको क्षमता अभिवृद्धि जरुरी रहेको बताए । उनले पत्रकारको क्षमता बढाउन जर्नालिजम एकेडेमीले खेलेको भूमिकाको पनि सराहना गरे । 

साइडेलले अहिले मिथ्या सूचना फैलिरहेको अवस्थामा पत्रकारिता र पत्रकारको महत्व झनै बढेको उल्लेख गर्दै प्रविधिले ल्याएको चुनौतीको सामना गर्न पत्रकारितासम्बन्धी तालिमहरू महत्वपूर्ण हुनेमा बताए । 
 1-1728045849.JPG
लेखिका हेगडर्नले पकडकास्टिङको महत्वबारे जानकारी दिइन् । पडकास्टिङ उत्पादनका लागि कस्तो प्रविधिको प्रयोग गर्ने, त्यसलाई विश्वसनीय एवं सहानुभूतियुक्त बनाउन के गर्ने, बजारीकरणका लागि कस्तो उपाय अपनाउन सकिन्छ भन्ने विषयमा उनले जोड दिइन् । उनले पडकास्टिङबाट कसरी आयआर्जन गर्न सकिन्छ भन्ने विषयमा पनि हेगडर्नले उल्लेख गरेकी थिइन् । 

कार्यक्रममा सीएमआर नेपालका कार्यकारी निर्देशक तिलक पाठकले सीएमआर नेपालले मिडिया अनुसन्धान, मिडिया नीति समीक्षा एवं सरोकारवालाहरूसँग छलफल गर्दै आएको बताए । पछिल्लो समय मिथ्या सूचनाविरुद्ध अभियान संचालन र मूलधारको मिडिया र पत्रकारलाई सहयोग एवं क्षमता अभिबृद्धिको कार्यक्रमलाई जोड दिएको उनको भनाइ छ । 

नेपाल फ्याक्टचेक सुरु गरेर मिथ्या सूचनाको तथ्य जाँच गर्ने काम गरेको र एकेडेमीमार्फत पत्रकारलाई डेटा ड्रिभन जर्नालिज्म, मोबाइल जर्नालिज्म, पडकास्टिङ, डिजिटल सुरक्षा, र तथ्याजाँचलगायत  तालिम दिने गरेको बताए । 

2-1728045869.JPG
एकेडेमीका निर्देशक उज्ज्वल आचार्यले एकेडेमीले जर्मनीको इन्टरलिंक एकेडेमीसँगको सहकार्यमा पत्रकारितासम्बन्धी उच्च गुणस्तरको तालिम दिइरहेको र एकेडेमीले अहिलेसम्म १४६ पत्रकारलाई तालिम दिइसकेको उल्लेख गरे । 

एकेडेमीबाट प्रकाशित पडकास्टिङ पुस्तकको नेपाली अनुवाद एकेडमीका पडकास्टिङ प्रशिक्षक श्रीराम पौडेल र रबिराज बरालले गरेका हुन् भने सम्पादन आचार्यले गरेका हुन् ।
 

प्रकाशित मिति: शुक्रबार, असोज १८, २०८१  १८:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro