site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
'स्काईवर्थ सपना साकार' अफरको दोस्रो साप्ताहिक भाग्यशाली विजेता घोषणा

काठमाडौं । केएल दुगड ग्रुपअन्तर्गत नेपालका लागि स्काइवर्थ होम एप्लायन्सेसको आधिकारिक वितरक स्मार्ट एप्लाएन्सेसले 'स्काइवर्थ सपना साकार' अफरअन्तर्गतको पुरस्कार वितरण गरेको छ ।

चाडपर्वको अवसरलाई अझ रोमाञ्चक बनाउन दसैँ तिहारको बहार बम्परमा कार अफरअन्तर्गत स्मार्ट एप्लाएन्सेसले लक्की ड्रमार्फत दोस्रो साप्ताहिक भाग्यशाली विजेतालाई उपहार प्रदान गरेको हो ।

भाट–भटेनी सुपरमार्केट कोटेश्वरबाट सामान खरिद गरेकी नीता बराललाई साप्ताहिक लक्की ड्रमार्फत स्मार्ट एप्लाएन्ससले माइक्रोवेभ उपहार जितेकी हुन् । बरालका श्रीमान् पूर्णेन्दु बरालले उपहार प्राप्त गरेका छन् ।

स्मार्ट एप्लायन्सेसका प्रतिनिधि अमित ठाकुरले पुरस्कार हस्तान्तरण गरेका थिए । बम्पर पुरस्कारमा एकजना भाग्यशाली ग्राहकले एमजी कमेट ईभी कार जित्न सक्नेछन् ।

ग्राहकले स्काईवर्थका विभिन्न उत्पादनहरूमा ४० प्रतिशतसम्मको छुटको मजा लिन सक्नेछन् ।

 

प्रकाशित मिति: शुक्रबार, असोज १८, २०८१  १६:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro